आ.व. ०७२/७३ को बागलुङ जिल्ला समन्वय समिति र जिल्ला अन्र्तगतका साविकका सबै गाविसहरुको न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्याङ्कन (MCPM) बाट प्राप्त नतिजा सम्बन्धि सबैको जानाकारीका लागि प्रकाशित गरीएको सुचना जिल्ला दर रेट अा.व. २०७४/७५ जिल्लामा रहेकाे स्थानीय तहहरुकाे विवरण सामुदायिक मेलमिलाप सम्बन्धि तालिम सम्पन्न । गुनासो व्यवस्थापन कार्यविधि-२०७४ जिल्ला सभाका सदस्यहरुलाई स्वागत तथा जिल्ला सभाको पहिलो बैठक सम्पन्न । बागलुङ जिल्ला बडिगाड गाँउपालिका वडा नं. २ मा VERSP-MIS Online System बाट घटना दर्ता सुरू । बागलुङ जिल्ला अन्तर्गत स्थनीय तहमा कार्यरत कार्यकारी अधिकृत तथा वडा सचिवहरुको नाम तथा सम्पर्क नम्बर । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश-२०७३ तथा राजपत्रमा प्रकाशित गाँउपालिका/नगरपालिकाको विवरण । श्रीमान मुख्य सचिव ज्यू बाट राष्ट्र सेवक कर्मचारीहरुलाई निर्देशन ।

आगामी आ.व. ०७४/०७५ का लागि आयोजित पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न

आगामी आ.व. ०७४/०७५ का लागि आयोजित पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न
जिल्ला विकास समितिको कार्यालय बागलुङले आगामी आ.व. ०७४/०७५ का लागि लक्षित गरी मिति ०७३/०८/६ गते आयोजना गरेको पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

yojana

 

जिल्ला विकास समितिको कार्यालय बागलुङका स्थानीय विकास अधिकारी श्री राम प्रसाद आचार्य द्वारा उद्घाटन भएको उक्त गोष्ठीमा जिल्लास्थित राजनैतिक पार्टी, नेपाल सरकारका बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनीधि, यस जिल्लामा क्रियाशील सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनीधि, गाविस सचिव लगायत अन्य संघसंस्थाका प्रतिनीधिहरु सहित ७० जनाको उपस्थिति रहेको गोष्ठीमा आगामी बर्षको योजना तर्जुमाका लागि भावी रणनीति, योजना तर्जुमाका प्रक्रियाहरु नेपाल सरकार बाट प्राप्त मार्गदर्शनका बारेमा छलफल गरिएको र के कुन आधारमा योजना तर्जुमा गर्ने भन्ने संबन्धमा जिविस बागलुङका योजना अनुगमन तथा प्रशासकीय अधिकृत श्री खिम बहादुर विश्वकर्माले खाका प्रस्तुत गर्नु भएको थियो । सोही खाकालाई आधार बनाई योजना तर्जुमाका चौध चरण अन्तर्गत ०७३ पौष मसान्त भित्रै नगर तथा गाउँ परिषदहरु सम्पन्न गरी माघ महिना सम्ममा ईलाकास्तरीय योजना तर्जुमा गोष्ठी, बिषयगत समितिका बैठक र फागुन महिना भित्र एकीकृत समिति बैठक र जिल्ला परिषद सम्पन्न गर्ने संबन्धि कार्य तालिका बनाईएको छ । अत ः सबै बिषयगत कार्यालयले गत बर्ष नेपाल सरकार बाट प्राप्त भएको बजेट शिलिङ्गको आधारमा १० % भन्दा नबढ्ने गरी आ–आफ्नो संघ संस्था कार्यालयको योजना तर्जुमा गर्नु पर्ने निर्णय गरिएको छ ।
सो कार्यक्रममा गैसस महासंघका सचिव मणी पौडेल, गाविस सचिव हकहित केन्द्रका अध्यक्ष महेन्द्र पौडेल महिला तथा बालबालिका कार्यालयका निमित्त महिला विकास अधिकृत सरस्वति रेग्मी र नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले आ–आफ्नो मनतव्य राख्नु भएको थियो । अन्त्यमा, प्राप्त सुझाबलाई ऐन कानुनको परिधिभित्र रही प्रभावकारी योजना तर्जुमा गर्न कार्यालयहरु प्रतिवद्ध रहेको भन्दै अध्यक्षता गर्ने स्थानीय विकास अधिकारीज्यू बाट कार्यक्रम समापन भएको थियो । उक्त कार्यक्रममा स्वागत र कार्यक्रमको उद्देश्य माथी प्रकाश जिविस बागलुङका शाखा अधिकृत प्रेम प्रसाद सापकोटाले र कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत भेषराज शर्माले गर्नु भएको थियो ।

Skip to toolbar