आ.व. ०७२/७३ को बागलुङ जिल्ला समन्वय समिति र जिल्ला अन्र्तगतका साविकका सबै गाविसहरुको न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्याङ्कन (MCPM) बाट प्राप्त नतिजा सम्बन्धि सबैको जानाकारीका लागि प्रकाशित गरीएको सुचना जिल्ला दर रेट अा.व. २०७४/७५ जिल्लामा रहेकाे स्थानीय तहहरुकाे विवरण सामुदायिक मेलमिलाप सम्बन्धि तालिम सम्पन्न । गुनासो व्यवस्थापन कार्यविधि-२०७४ जिल्ला सभाका सदस्यहरुलाई स्वागत तथा जिल्ला सभाको पहिलो बैठक सम्पन्न । बागलुङ जिल्ला बडिगाड गाँउपालिका वडा नं. २ मा VERSP-MIS Online System बाट घटना दर्ता सुरू । बागलुङ जिल्ला अन्तर्गत स्थनीय तहमा कार्यरत कार्यकारी अधिकृत तथा वडा सचिवहरुको नाम तथा सम्पर्क नम्बर । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश-२०७३ तथा राजपत्रमा प्रकाशित गाँउपालिका/नगरपालिकाको विवरण । श्रीमान मुख्य सचिव ज्यू बाट राष्ट्र सेवक कर्मचारीहरुलाई निर्देशन ।

जिल्ला सभाका सदस्यहरुलाई स्वागत तथा जिल्ला सभाको पहिलो बैठक सम्पन्न ।

जिल्ला समन्वय समिति बागलुङले जिल्ला सभाका सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी समितिले नगरपालिकाका मेयर तथा उपमेयर एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुलाई स्वागत गरेको हो ।

 

   बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई खादा र टिका लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा सांसद ज्ञानकुमारी छन्त्यालले स्थानीय निकायको निर्वाचनबाट जनताहरुले चुनेर पठाएका जनप्रतिनीधिहरुले समग्र जनताको हितमा हुने गरी काम गर्न आग्रह गर्नुभएको छ । उहाले जिल्लाको आर्थिक, सामाजिक, शैक्षिक एवं पर्यटन विकासमा सबैले ध्यान दिन आग्रह समेत गर्नुभयो । अहिले पनि शैक्षिक क्षेत्रमा गुणस्तरिय पढाई हुन नसकेको भन्दै यसलाई परिवर्तन गरी गुणस्तर हासिल गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

      यस्तै गरी पश्चिमाञ्चल क्षत्रिय प्रशासक वेगेन्द्रराज पौडेल, प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारी, जिल्ला न्यायाधिश हिमलाल बेलबासे, सम्पुर्ण राजनीतिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, बागलुङ नगरपालिकाका मेयर जनक पौडेल, महिला सञ्जालका अध्यक्ष भविकला रोका लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यको अध्यक्षता, कार्यक्रम अधिकृत गिता श्रीषको स्वागत मन्तव्य र सुचना अधिकारी अखिलनाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । यसैगरी जिल्ला सभाका सदस्यहरुको  बसेको पहिलो बैठकले ९ सदस्यीय समिति गराउने निर्णय गरेको छ ।

Skip to toolbar