बागलुङ जिल्ला बडिगाड गाँउपालिका वडा नं. २ मा VERSP-MIS Online System बाट घटना दर्ता सुरू । बागलुङ जिल्ला अन्तर्गत स्थनीय तहमा कार्यरत कार्यकारी अधिकृत तथा वडा सचिवहरुको नाम तथा सम्पर्क नम्बर । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश-२०७३ तथा राजपत्रमा प्रकाशित गाँउपालिका/नगरपालिकाको विवरण । श्रीमान मुख्य सचिव ज्यू बाट राष्ट्र सेवक कर्मचारीहरुलाई निर्देशन । जिविस बागलुङमा कार्यरत निजामति, स्थानीय तथा विभिन्न कार्यक्रम अन्तर्गतका कर्मचारीहरुको विवरण । ईलाका स्तरिय योजना तर्जुमा गोष्ठी सञ्चालन हुने सम्बन्धी जरुरी सूचना । जिविस बागलुङमा कार्यरत निजामति, स्थानीय तथा विभिन्न कार्यक्रम अन्तर्गतका कर्मचारीहरुको विवरण । बागलुङ जिविस, बागलुङ नगरपालिका र गाविसमा कार्यरत निजामति कर्मचारीहरुको विवरण । सूचना सर्वजनिकिकरण गरिएको । आ.व. २०७३-७४ मा कार्यान्वयन हुने गरी स्वीकृत भएका योजनाहरु सम्झौता सम्बन्धी अत्यान्त जरुरी सूचना ।

श्रीमान मुख्य सचिव ज्यू बाट राष्ट्र सेवक कर्मचारीहरुलाई निर्देशन ।

बागलुङः २०७३ फागुन १०

    

बागलुङ जिल्लाको भ्रमणमा आउनु भएका नेपाल सरकारका श्रीमान मुख्य सचिव डा. सोमलाल सुवेदीले मिति २०७३/११/१० गतेका दिन जिविस बागलुङको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा बागलुङ, म्याग्दी र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय विकास अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु र नेपाल सरकारका विभिन्न विषयगत कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ। मुख्य सचिवज्यूले दिनु भएको निर्देशनमा मुख्यतः १) राष्ट्रसेवक कर्मचारीहरुले जनतालाई उपलब्ध गराउने सेवा प्रवाहमा जनमैत्री व्यवहार प्रदर्शन गर्दै जनताको सेवकको रुपमा कार्य गर्नु पर्ने, २) विकास निर्माणका कार्यहरुलाई प्राथमिकताका आधारमा अगाडी बढाउनु पर्ने, ३) मिति २०७४/०१/३१ गते हुन गईरहेको निर्वाचन कार्यक्रमलाई सफल बनाउन सबै कर्मचारीहरु आ-आफ्नो क्षेत्र बाट लागिपर्नु पर्ने लगायतका समसामयिक विषयमा कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भएको थियो।

सोही कार्यक्रममा वाणिज्य मन्त्रालयका सचिव श्री ङईन्द्र प्रसाद उपाध्याय समेतले कर्मचारीले निर्वाह गर्नु पर्ने भूमिका सहित सेवा प्रवाहमा छिटो छरितो, प्रभावकारी र गुणस्तरिय बनाउने विषयमा सबै कर्मचारीहरु दत्तचित्त भई लाग्नु पर्ने बताउनु भएको थियो।

सो कार्यक्रममा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री भागीरथ पाण्डेज्यूले समग्र बागलुङ जिल्लाको शान्ती सुरक्षाको अवस्था र विकास निर्माणको सवलका सम्बन्धमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको अध्यक्षताको आसन बाट बोल्नु हुँदै जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी श्री राम प्रसाद आचार्य बाट समग्र रुपमा बागलुङ जिल्लाको विकास निर्माणको अवस्था र विकासका सम्भावना तथा चुनौतिहरुका सम्बन्धमा जानकारी गराउनु भएको थियो।कार्यक्रमको सञ्चालन भने जिविस बागलुङका सामाजिक विकास अधिकृत भेषराज शर्माले गर्नु भएको थियो ।

Skip to toolbar