आ.व. ०७२/७३ को बागलुङ जिल्ला समन्वय समिति र जिल्ला अन्र्तगतका साविकका सबै गाविसहरुको न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्याङ्कन (MCPM) बाट प्राप्त नतिजा सम्बन्धि सबैको जानाकारीका लागि प्रकाशित गरीएको सुचना जिल्ला दर रेट अा.व. २०७४/७५ जिल्लामा रहेकाे स्थानीय तहहरुकाे विवरण सामुदायिक मेलमिलाप सम्बन्धि तालिम सम्पन्न । गुनासो व्यवस्थापन कार्यविधि-२०७४ जिल्ला सभाका सदस्यहरुलाई स्वागत तथा जिल्ला सभाको पहिलो बैठक सम्पन्न । बागलुङ जिल्ला बडिगाड गाँउपालिका वडा नं. २ मा VERSP-MIS Online System बाट घटना दर्ता सुरू । बागलुङ जिल्ला अन्तर्गत स्थनीय तहमा कार्यरत कार्यकारी अधिकृत तथा वडा सचिवहरुको नाम तथा सम्पर्क नम्बर । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश-२०७३ तथा राजपत्रमा प्रकाशित गाँउपालिका/नगरपालिकाको विवरण । श्रीमान मुख्य सचिव ज्यू बाट राष्ट्र सेवक कर्मचारीहरुलाई निर्देशन ।

जनताको संविधान जनताकै माझमा कार्यक्रम बागलुङबाट सुरु

जनताको संविधान जनताकै माझमा कार्यक्रम बागलुङबाट सुरु
१२ पौष, बागलुङ:
नेपाल सरकारका उप–प्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादूर केसीले वर्तमान संविधान विश्वकै उत्कृष्ट संविधान भएको दावी गर्नुभएको छ ।
नेपाल सरकारले वर्तमान संविधानलाई जनतासम्म पुर्याउने उद्धेश्यले चलाएको नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा अभियानको आइतबार धौलागिरी अञ्चलको बागलुङमा सुरुवात गर्दै केसीले यसले नेपालका सबै जनताको हक तथा अधिकार उल्लेख गरेको भन्दै यसबाट कोही पनि अन्यायमा नपर्ने बताउनुभयो ।
देशको राष्ट्राध्यक्षमाथि जनकपुरमा भएको अपमानप्रति आपत्ति व्यक्त गर्दै केसीले यस्तो व्यवहार प्रस्तुत गर्ने मधेशी दलहरुले समावेशीताको कुरालाई खिल्ली उडाएको बताउनुभयो । तराइमा भइरहेको आन्दोलन र नाकाबन्दी मधेशी दलहरुले मात्र गर्न नसक्ने भन्दै केसीले यो सबैको जिम्मेवार भारत नै भएको ठोकुवा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै के.सी.ले भन्नुभयो यो संविधान र संघीयताको कारणले राष्ट्रियता कमजोर भएको हो तर राष्ट्रियता कमजोर हुने गरी कुनै सम्झौता हुन नदिने पनि बताउनुभयो ।
सोही अवसरमा बागलुङका सांसदहरु रत्ना शेरचन, प्रकाश शर्मा पौडेल, नरबहादूर थापा, ज्ञानकुमारी छन्त्याल, पर्वतका सांसद विकासलम्साल, बागलुङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललगायतले वर्तमान संविधान आफैंमा राम्रो भए पनि आवश्यक संसोधनसहित अझ राम्रो बनाउँदै व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
जिल्लाको चार ठाउँ ताराखोला, हुग्दीशिरको बरेङ, बोहारागाउँ र बागलुङ बजारमा यो अभियानलाई निरन्तरता दिंदै संविधानका सबल पक्षको बारेमा जानकारी गराउने योजना रहेको बताइएको थियो । जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रम बागलुङ जिल्लाका स्थानीय विकास अधिकारी भरत गौतमको अध्यक्षता तथा सामाजिक विकास अधिकृत भेषराज पौडेलको संचालनमा भएको थियो ।

Skip to toolbar